Skip to content
Arun Sharma

Arun Sharma

Country, People, Humanity

  • Articles
  • Photos
  • About
  • Contact

Disaster Management

  • Example – Disaster Management

Police Science

  • Example – Police Science

Military Science

  • Example – Military Science

Historical Facts

  • महाभारत काल पछाडिको नेपाली ईतिहास
  • नेपालको संक्षिप्त ईतिहास र सभ्यता बिकास

Academic Research

  • Example – Academic Research
  • Election and Development in Federal Nepal: Perspective of APF in Election Security

Strategic Studies

  • Example – Miscellaneous
  • Home
  • Articles
  • Historical Facts
  • नेपालको संक्षिप्त ईतिहास र सभ्यता बिकास

नेपालको संक्षिप्त ईतिहास र सभ्यता बिकास

नेपालको ईतिहास र सभ्यता बुझ्नका लागि बैज्ञानिक, भौतिक र अध्यात्मिक चिन्तन वा तीनै वटाको समन्वयात्मक अध्ययन गर्न जरुरी पर्दछ। तेथिस सागर, ईण्डियन प्लेट, युरेसियन प्लेट वा तिब्बती प्लेट तथा हिमाल वा हिमालयन रेन्जको उत्पत्ति बुझ्नु पर्दछ। हिमाली कुण्ड तथा सरोबरबाट उत्पत्ति भई भारतबर्षका पहाड र तराई (सम्मो) बग्ने बिशाल नदि किनारहरुमा बिकास भएको आर्य सभ्यता बुझ्नु पर्दछ। हिमवत वा आर्यवर्तको मध्य भागका रुपमा चिनिने कालिगण्डकी नदि देखि काश्मिरसम्म बिकास भएको खसआर्य (पहाडे आर्य) सभ्यता र कोशी नदिको किनारमा बिकास भएको किराँती सभ्यताका अलावा  बाग्मती, शुक्लागण्डकी, कालिगण्डकी, हिमा, कर्णाली, महाकाली नदि किनारहरु बिकास भएको विभिन्न साम्प्रायिक संस्कृति तथा कुमाउँ र गडवालमा बिकास भएको खस संस्कृतिलाई बुझ्नु पर्दछ। त्यसै गरी प्राचीन तिब्बती चिसो एवं जर्जर पठारमा बिकास भएको तिब्बती सभ्यता र मानसरोवर तथा कैलास सभ्यतालाई बुझ्नु पर्दछ।

वास्तवमा नेपाल आर्य, खसआर्य, किराँती र तिब्बती सभ्यताको माध्यमबाट बिकास भएका ठुला-साना परम्पराहरुको एकिकृत मौलिक सांस्कृतिक फुलबारी हो। प्राचीन तथा मध्ययुगीन नेपाललाई अझै गहनरुपमा बुझ्न तन्त्र, मन्त्र र साधनाका साथ- साथै शिव, किराँतेश्वरमहादेव, पशुपतीनाथ, मच्छेन्द्रनाथ, गोरखनाथ, तिब्बती लामा, बुध्द, सम्राट अशोकको बुध्द शिक्षा प्रचार अभियान र आदिशंकराचार्यको सनातनी हिन्दु धर्मको पुन: जागरण अभियानलाई समेत बुझ्न जरुरी हुन्छ। आधुनिक नेपाललाई बुझ्न बुझाईको दायरा अझै फराकिलो बनाउनु पर्दछ। भारतबर्षमा मुस्लिम र अंग्रेज आक्रान्ताहरुको आक्रमण, शासनसत्ता कब्जा तथा धर्मिक एवं सांस्कृतिक अतिक्रमणसंगै मुस्लिम, क्रिष्ट्चियन र अन्य आधुनिक समाज निर्माण प्रकृयालाई समेत बुझ्नु पर्दछ। नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय, र बहुभाषिक समाजहरुको समायोजनबाट निर्माण भएको परिस्कृत र गतिसिल समाज हो।

प्रकृतिपुजक, पितृपुजक तथा ब्रमाण्डमा रहेका सम्पूर्ण राम्रा शक्तिहरु वा राम्रा आत्मा तथा विध्यातन्त्रलाई परमात्मा वा भगवान मान्ने र अविध्यातन्त्र तथा खराब आत्मालाई दानव ठान्ने आदिम मानव सभ्यता र संस्कृति नै  वैदिक सनातनी धर्म हो। सुर्यध्वनी “ॐ” पुकारेर मात्र तन्त्र, मन्त्र र साधना शुरु गर्ने प्रचलन एवं प्रथा ग्रहण गर्ने समुहलाई नै ॐकार परिवार वा सनातनी धर्म भनिन्छ। वैदिक सनातनी समाज हाल हिन्दु, बौध्द, किराँत, शिख, जैन, शैव, बैष्णव, कृष्णप्रणामी, साई आदि धार्मिक एवं सांस्कृतिक समुहहरुमा विभक्त छ। गतिसिल समाज चक्रमा समुह, उप-समुह, अखण्डन तथा विखण्डन हुनु नियमित र न्यायिक प्रकृया नै मान्नु पर्दछ। वैदिक सनातनी युगको अन्त्यसंगै समाज; शक्तिशाली- निर्बल, धनी- गरीव, कुलीन- गैह्रकुलीन, ठुलो जात- सानो जात, आर्य- अनार्य, धर्म- कुधर्म, शाहकारी- मांसहारी, मदेशी- पहाडी, शिक्षित- अशिक्षित, शासक- शासित आदि आदि विभाजन तथा विखण्डनका कारण खण्डिकृत हुदै आईरहेको छ।

नेपालको ईतिहासलाई केवल पृथ्वीनारायण शाह र गोर्खालीहरुले शुरु गरेको भौगोलिक एकिकरण र तत् पश्चातका घटनाक्रममा मात्र सीमित राखी बुझ्नु ईतिहास प्रतिको बेवास्ता तथा अल्पज्ञान बाहेक केही होईन। पृथ्वीनारायण तथा आधुनिक नेपाल अगाडि पनि विभिन्न कालखण्डमा यो भूमि पटक- पटक एकिकृत एवं खण्डिकृत भएको ईतिहासलाई नबुझेकालाई ईतिहासविद् मान्न सकिदैन। काठमाण्डौ उपत्यकालाई राजधानी मानी शासन गर्ने गोपाल र महिसपाल बंश कमजोर रहेता पनि त्यस पछिका शासकहरु किराँत, लिच्छवी, नेवार मल्ल र शाहहरुको गर्विलो ईतिहास छ। उनीहरुको सत्ताको दबदबा किराँत तथा खस राज्यमा मात्र सीमित नरही तिब्बतमा समेत रहेको थियो। चौधौ शताब्दीमा पाल्पालाई राजधानी मानी शासन गरेका खसआर्य राजा मणिमुकुन्द सेन प्रथमको शासनसत्ता खस राज्यहरुमा मात्र सीमित नभई किराँत तथा शुक्लागण्डकी क्षेत्रका राजारजौटाहरु समेतलाई अधिपत्यमा पारेका थिए। त्यसैगरी बाह्रौ शताब्दीमा जुमलाको सींजा उपत्यकालाई राजधानी बनाई नागदेवले स्थापना गरेको शक्तिशाली खस साम्राज्य कुमाउ, गडवाल देखी किराँत राज्यसम्म फैलिएको थियो। उनका उत्तराधिकारीहरुले चल्ल र मल्लका रुपमा करिब तीन सय बर्ष शासन गरेपछि खस साम्राज्य बाईसे राज्यमा विभक्त भएको थियो। यी सबै ऐतिहासिक दस्तावेजहरुबाट के बुझ्न सकिन्छ भने नेपाल किराँत, लिच्छवी र खसहरुका माध्यमबाट कुनै न कुनै रुपमा पहिला पनि एकिकृत थियो र पृथ्वीनारायण शाहको अभियान समेत ईतिहासको दोहोराई, पूर्वजहरुको सिको तथा शक्तिशाली अखण्ड नेपाल राष्ट्र निर्माण अभियानको निरन्तरताका रुपमा नै लिनु पर्दछ।

सांस्कृतिक रुपमा समेत नेपाल तन्त्र, मन्त्र, साधना, योगा, ध्यान, पुजाविधि, देवीदेवता, भगवान, गुरु, ऋषीमुनी, सन्यासी, लामा, धामी, झाँक्री, भँगेर, मठमंदिर, गुम्बा, वेद, पुराण, रामायण, महाभारत, स्वस्थानी आदिका कारण परापूर्वकाल देखी नै एकिकरण हुदै आईरहेको राष्ट्र हो। प्राचीन नेपाली समाजमा अध्यात्मबादी दर्शन वा वेदको लामो प्रभाव रहेता पनि त्यसमा मौलाउदै आएका विभिन्न कुरिति एवं बिकृतिका बिरुध्द ईशापूर्वको छैठौ शताब्दी पश्चात धर्मको नामबाट चलेका शोषणको मुक्तिको लागि भनेर आएका पृथक सांख्य दर्शन, जैन दर्शन र बुद्ध दर्शनको प्रभाव समेत नेपाली समाजमा पर्यो। मगधका शक्तिशाली मौर्य हिन्दु सम्राट अशोकले कलिङ्गको युध्द पश्चात हिन्दु धर्म त्याँग गरि बौध्द धर्म अंगिकार गरे संगै उनका बंशजले साम्राज्यको सम्पूर्ण आर्थिक, प्रागिक तथा सैन्य शक्ति बुध्द दर्शनको प्रचार र फैलावटमा प्रयोग गर्दा तात्कालिन भारतबर्षका मगध प्रभावमा रहेका हालको भारत, नेपाल (बिषेशत: खस राज्यहरु), भुटान, तिब्बत, बर्मा, श्रीलंका, बांगलादेश, पाकिस्तान, अफगानिस्तान आदि देशहरुले समेत हिन्दु धर्म त्यागी बुध्द धर्म ग्रहण गरेका थिए। पछि सुंग बंशी ब्राम्हण राजा पुष्यमित्रले मौर्यहरुलाई मारी मगधमा हिन्दु पुनर्जागरण अभियान चलाएका थिए भने  आदिशङ्कराचार्यले भारतबर्षमा नै हिन्दु पुनर्जागरण अभियान चलाएसंगै यस क्षेत्रका अधिकाशं जनताहरु पुन: हिन्दु बनेका थिए।

अत: किराँत तथा लिच्छवीकालमा समेत नेपालको भौगोलिक अवस्था लगभग अहिलेकै हाराहारीमा रहेको पाईन्छ। किनकी पूर्वमा कोसल तथा विदेह (मिथिला) र पश्चिममा गण्डकी, केहि खस राज्य र शाक्य गणराज्यहरुले समेत किराँत तथा लिच्छवी अधिनस्त स्वीकार गरि बार्षिक हर्जना तिर्ने गरेको विभिन्न आलेखहरुमा उल्लेख छ। सिंजा, पाल्पा र मकवानपुरबाट शासनसत्ता संचालन गरेका खसआर्य (नागदेव, चल्ल, मल्ल, सेन) शासकहरुले समेत पूर्वमा किराँत र पश्चिममा कुमाउ गडवालसम्म कर एवं हर्जना उठाएको ईतिहासबाट नेपालको भौगोलिक अवस्ठा अहिलेको भन्दा बृहत र लगभग सन् १८१६ को सुगौली सन्धिको पूर्वावस्थामा रहेको प्रष्ट हुन्छ। नेपालको ईतिहास र सभ्यता आफैमा पृथक, अलौगिक र प्राचीनताको प्रतिक हो।  नेपाली हिमाल, कुण्ड, नदि र मन्दिरहरुको नाम विभिन्न पुराण तथा उपनिषदहरुमा समेत उल्लेखित छ। मिथिला राज्य तथा कोशी नदीको चर्चा रामायणमा हुनु, किराँत तथा खस योध्दाहरुको वर्णन महाभारत युध्दमा हुनु र मुक्तिनाथ, पशुपतिनाथ, स्वयम्भुनाथ तथा लुम्बिनीमा पुजा साधना गर्न परापूर्वकाल देखि नै ऋषिमुनीहरु तथा भिक्षुहरुको आगमन हुनुले नेपालको गौरवपूर्ण ईतिहास तथा प्राचीन सनातन (हिन्दु, किराँत, बौध्द) सभ्यतालाई दर्शाउनुका साथै सदैव जीवन्त राख्नेछ।

(अरुण कुमार शर्मा)  

Share This Article :
  • Facebook
  • Twitter
  • LinkedIn
  • Pinterest
Still stuck? How can we help?

How can we help?

Updated on September 15, 2022
महाभारत काल पछाडिको नेपाली ईतिहास

Powered by BetterDocs

© 2025 Arun Sharma