करिब पाँच हजार (५०००) बर्ष अगाडि महाभारतको युध्द लड्न कुरुक्षेत्र पुगेका दुई चर्चित नेपाली राजाहरु नेपाल नरेश यलम्बर र मत्स्यदेश (बिराटनगर) नरेश बिराट हुन्। किराँत राजा यलम्बरलाई भारतबर्षमा बारबरिक तथा आकाशभैरवका नामले पनि चिनिन्थ्यो। किराँतेश्वर महादेव, भैरवनाथ तथा ईन्द्रका परम साधक एवं आकाश पुजक तान्त्रिक बारबरिक (आकासभैरव) ले हार्नेको पक्ष लिने हठ लिएका कारण भगवान श्रीकृष्णको छलमा परेका कारण महाभारत युध्द लड्न नपाए पनि उनी महाभारत कालखण्डकै सबै भन्दा शक्तिशाली र महान योध्दाका रूपमा सम्मानित छन्।
राजा यलम्बर र बिराटका अलवा हालको नेपाली भूमिबाट थुप्रै किराँत (राई, लिम्बु, सुनुवार), आर्य (तराईमा बस्ने आर्य), खसआर्य (पहाड/हिमालमा बस्ने आर्य) तथा अन्य गैह्रआर्य राजारजौटाहरु पाण्डव र कौरब पक्षबाट महाभारत युध्दमा सामेल भएका थिए। प्राचीन भारतीय ग्रन्थहरुका अनुशार पाण्डु पुत्र भीमले किराँत कन्या विवहा गरेकाले उनको आव्हानमा किराँतहरु पाण्डवको पक्षमा र खस राजारजौटा तथा सेनाहरु देराहदुन (द्रोणनगर) निवासी खसआर्य ब्राम्हण जातिका गुरुश्रेष्ठ तथा कौरव सेनापती द्रोणाचार्यको आव्हानमा कौरवका तर्फबाट युध्द लडेका थिए। सो युध्दमा तागाधारी तथा गैह्र तागाधारी खसआर्य (पहाडे आर्य) योध्दाहरु धेरै संख्यामा मरेकाले खस शासित राज्यहरु लगभग योध्दाहरु बिहिन भएको उल्लेख छ। त्यस बेलाको खस साम्राज्य कालिगण्डकी देखि कश्मिर (खश्मिर) सम्म र मुक्तिनाथ-दामोदरकुण्ड देखि कैलाश- मानसरोवर सममको पहाडी तथा हिमाली क्षेत्रमा फैलिएको थियो। जसलाई प्राचीन वैदिक कालमा आर्यावर्त वा हिमवत खण्डको रुपमा समेत चिनिन्थ्यो। महाभारतको युध्दमा भारतबर्षका सम्पूर्ण ब्राम्हाण, क्षत्रिय, वैश्य, शूद्र, गन्धर्व, किराँत, यवन, तथा अन्य अनार्य जातिका बीर योध्दाहरुले समेत भाग लिएका थिए।
महाभारत युध्द कालिन हालको नेपाल लगभग दुई भागमा विभक्त थियो। काठमाण्डौ उपत्यका तथा उपत्यका पूर्वका पहाडि भूभागमा किराँतहरुको शासनमा रहेको थियो भने कालिगण्डकी पश्चिमका पहाडि भूभागमा खसहरुको शासनसत्ता थियो। काठमाण्डौ उपत्यका पश्चिम तथा कालिगण्डकी नदिको पूर्व हालको शुक्लागण्डकी क्षेत्र किराँत तथा खसआर्य साम्राज्य वीचको बफरजोनका रुपमा रहेको थियो। लामो समयसम्म शुक्लागण्डकी क्षेत्रमा रहेका राजारजौटाहरुले कहिले खस त कहिले किराँतहरुलाई बार्षिक हर्जना तथा सेना सहयोग गर्नु नै नियती थियो। सो क्रम लिच्छवी कालसम्म पनि कायम नै रहयो। लिच्छवी राजा मानदेव प्रथमले समेत हर्जना भर्न नमानेका तथा लिच्छवी शासन स्वीकार नगर्ने शुक्लागण्डकी क्षेत्रका गैह्रकिराँत तथा गैह्रखसआर्य (मगर, गुरुम, दरै, माझी, कुसुण्डा, कुमाल, ) भुरेटाकुरे राजारजौटाहरुलाई आक्रमण गरी लिच्छवी शासन अधिनस्त ल्याएको ईतिहामा उल्लेख छ। बि.सं को बाह्रौ शताब्दीमा सिन्जामा नागदेवले तथा चौधौ शताब्दीमा पाल्पामा मणिमुकुन्द सेनले शक्तिशाली खसआर्य साम्राज्यको पुनर्स्थापना गरे संगै उनीहरुकै नातागोता भित्रका ठकुरी बंशका विभिन्न थरका (चल्ल, मल्ल, सेन, खाँ, शाह) राजारजौटाहरुले लामो समय सम्म बफरजोनका रुपमा रहेको शुक्लागण्डकी क्षेत्रमा खसआर्य शासनसत्ताको प्रादुर्भाव गरेका थिए।
(अरुण कुमार शर्मा)